• भदौ १३, २०७७
  • जुनकिरी खबर

सुनसरीमा १८ सुरक्षाकर्मीसहित ४१ नयाँ संक्रमित

alt

सुनसरीमा शुक्रवार १८ जना सुरक्षाकर्मीसहित ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जसमध्ये सबैभन्दा बढी सदरमुकाम इनरुवाका रहेका छन । इनरुवामा मात्रै २० जना नयाँ संक्रमित फेला परेका छन ।

सुनसरीको धरानमा २ जना नेपाली सेना संक्रमित भएका छन् । त्यसैगरी सरुवा भई सुनसरी आएर स्वाब संकलन पश्चात इनरुवा बसपार्कमा क्वारेन्टिनमा बसेका मध्ये १३ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

ोशी गाउँपालिकामा कार्यरत २ जना प्रहरी समेत संक्रमित पाइएका छन् । कोशीका थप एक संक्रमित भने सशस्त्र प्रहरी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी सरुवा भएर आएका ४४ जनाको इनरुवा अस्पतालमा स्वाव संकलन गरिएको मध्येबाट थपिएका १३ जना र इनरुवामा थप सात जनामा संक्रमण देखिएको छ । जसमा एकजना ७४ वर्षिय वृद्धसमेत छन् । उनी इनरुवा ५ बलाहा घर भएका व्यक्ति हुन् । वृद्धसहित इनरुवाका ७ जना सर्वसाधारणमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये इनरुवा वडा नम्बर १ घर भएका दुई जना रहेका छन् । जसमध्ये एकजना टिकट बुकिङको काम गर्ने पुरुष हुन् । अर्का भने बैंकमा काम गर्ने सुरक्षा गार्ड रहेको इनरुवा नगरपालिकाले जनाएको छ । त्यसैगरी इनरुवा ५ घर भएकी महिलासमेत संक्रमित पाइएकी छिन् । उनी स्थानीय सहकारीमा कार्यरत रही घरदैलोमा रकम संकलन गर्ने महिला भएको बताइएको छ ।

त्यसैगरी प्राप्त पछिल्लो विवरण अनुसार इनरुवा ४ का तीनजना समेत संक्रमित थपिएका छन् । तीनै जना पुरुष भएको वडाध्यक्ष श्यामदेव मेहताले जानकारी दिए ।

शुक्रबार थपिएका संक्रमितहरुमा धरानका ९, देवानगञ्जका ४, इटहरीका ५, कोशीमा ३ र इनरुवामा १३ प्रहरी सहित २० जना रहेका छन् । शुक्रबार संक्रमित हुनेमा वीपी प्रतिष्ठान धरानकी नर्स समेत रहेकी छिन् ।

पछिल्लो थपिएको संंख्या सहित सुनसरीमा कोरोना संक्रमितको संख्या ५ सय ७७ पुगेको छ । जसमध्ये २ सय ३५ जना निको भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]