• भदौ १४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ९५ जना नयाँ संक्रमित भेटिए

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ ९५ जना संक्रमित भेटिएका छन् । एक हजार एक सय ७६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । परीक्षण गरिएकामध्ये एक हजार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी मोरङका ४५ जना छन् । 

मोरङमा पनि प्रदेश राजधानी विराटनगरका ४२ जना रहेका छन् । विराटनगरमा २१/२१ जना महिला र पुरुषमा संक्रमण पुष्टि भएको हो । सुनसरीका ३७, झापाका नौ, संखुवासभाका दुई र प्रदेश १ बारिहका दुई जनामा संक्रमण देखिएको छ । 

विराटनगरबाहेक मोरङको लेटाङकी एक महिला, पथरीशनिश्चरे र रंगेलीका एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको दुहवीका १४ पुरुष, इटहरीका चार महिला, चार पुरुष, इनरुवाका एक महिला, पाँच पुरुष, धरानका एक महिला, पाँच पुरुष, बर्जुका दुई र गढीका एक पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

उसका अनुसार झापाको कनकाइमा दुई महिला, छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, संखुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेकी एक महिला र प्रदेश  १ बाहिरका एक महिला तथा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

प्रदेश १ मा आइतबारसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार तीन सय ११ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण गरिएका ८७ हजार पाँच सय ९८ जनामध्ये ८४ हजार दुई सय ८७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र नौ जना अन्य प्रदेशका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा उपचारपछि कोरोना जितेर आइतबार नौ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ३४ पुगेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]