• भदौ १७, २०७७
  • जुनकिरी खबर

बिहान ११ बजेसम्म सुनसरीका ब्यवसाय खोल्ने निर्णय

alt

भदौं १८ गते बिहिबारबाट सुरक्षाका विधि अपनाएर बिहान ११ बजेसम्म सुनसरी जिल्लाका बजारहरु खुल्ला गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैंठकमा सहभागी जिल्लाभरीका उद्योग वाणिज्य संघका पदाधिकारीहरु र व्यपारीहरुले चाडपर्व नजिकिएसंगै व्यवसाय सुचारू गर्न पाउनुपर्ने माग राखेका थिए ।

ब्यवसायीहरूको मागलाई मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले आगामी भदौ १८ गते देखि जिल्लाभरी रहेका ब्यापार व्यवसायहरू सञ्चालन गर्ने तयारी थालेको हो । आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले जानकारी दिएका छन् ।

हिन्दु नेपालीहरूको महान पर्व बडादशै र तिहार नजिकिए संगै धेरैजसो ब्यवसायीहरूले पसल खोल्न पाउनुपर्ने माग राखेसंगै सोमबार बिहान जिल्लामा रहेका सबै उद्योग वाणिज्य संघका पदाधिकारीहरू संग अब के गर्ने भन्ने बिषयमा छलफल गरिएको छ । सोहि छलफलबाट सिमित समय तोकेर ब्यवसाय खोल्न दिने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।

उनका अनुसार फिल्म हल, शैलुन, ब्युटी पार्लर बन्द नै रहने छ । प्रसाशनले भदौ १८ गते देखि ब्यवसाय खोल्ने तयारी गरेसंगै इटहरीमा पनि साना तथा ठुला ब्यवसायीहरू आ–आफ्नो पसलहरू खोल्ने तयारीमा लागेका छन । यस अघि चौथो पटक म्याद थप्दै भदौ १७ गते राती १२ बजे सम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गरीएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]