• भदौ २०, २०७७
  • जुनकिरी खबर

इटहरी बजार दिन भर खुल्ला गर्न उवासंघ इटहरीको माग

alt

उद्योग बाणिज्य संघ इटहरीले दिनभर बजार खुल्ला गर्न माग गरेको छ । विहान १० बजे सम्म मात्र बजार खुल्ला हुदा भिडभाड बढेको भन्दै दिनभरी बजार खुल्ला गराउँन प्रशासन सँग माग गरेको हो ।

गत १८ गते देखि जिल्ला प्रशासन कार्यालय सुनसरीले विहान १० बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरेको थियो । तर बिहान १० बजे सम्म मात्र बजार खुल्ला हुदा भिडभाड बढेको भन्दै दिनभर बजार खुल्ला गर्न माग गरेको हो ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले आज एक विज्ञप्ती जारी गर्दै सुरक्षा अपनाएर मात्र व्ववसाय खोल्न आग्रह गरे । नेपालीहरुको चाडपर्व नजिकिदै गएको कारण दिनभर सुरक्षा अपनाएर व्यवसाय गर्न पहल गर्दै आएको विज्ञप्ती मार्फत पौडेलले जनाएका छन । हामी दिनभर बजार खोल्न तयार छौ स्थानीय सरकारले त्यो व्यवस्था मिलाउँन माग गरे ।

६ महिना देखिको लकडाउनले व्यवसायीहरु मारमा पर्दै आएको र अझै कति समय यसरीनै वस्नु पर्दा अधिका.स व्यवसायीहरु विस्थापितको खतरा समेत बढेको बताईएको छ । आफुहरु स्थानिय सकारको नियम कानुन मान्दै दिनभर बजार खोल्न तयार रहेको उद्योग बाणिज्य संघ इटहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]