अक्सफोर्ड युनिभर्सिटीले बनाएकाे कोरोना भाइरसविरुद्ध भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि क्लिनिकल ट्रायल स्थगित गरेको छ ।
विश्वभर एक दर्जन भन्दा बढिकाे भ्याक्सिनकाे क्लिनिकल ट्रायल भइरहदामँ सबैभन्दा अग्र स्थानमा रहेके युनिभर्सिटीले तयार गरेकाे भ्याक्सिनकाे ट्रायल राेकिदा ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ ।
तेस्राे चरणकाे ट्रायल गरि रहकाे युनिभर्सिटीकाे भ्याक्सिन सबैभन्दा पहिला बजारमाआइपुग्ने अपेक्षा गरिएको थियो । तेस्रो चरणको ट्रायलमा करिब ३० हजार जना सामेल भएको बताइन्छ ।
बीबीसीका मेडिकल एडिटर फर्गस वाल्शका अनुसार अक्सफोर्डले विश्वभर हुँदै आएको ट्रायल रोकिदिएको छ र अब एक स्वतन्त्र जाँच हुने छ । सुरक्षा मानकको पनि समीक्षा गरिने छ । त्यसपछि नियामक निकायले ट्रायल फेरि सुरु गर्ने कि नगर्ने भन्ने निर्क्यौल गर्ने अनलाइ खबरले समाचार प्रकासन गरेकाे छ ।
अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायललाई रोक्नुपरेको यो दोस्रो पटक हो । धेरै संख्यामा परीक्षण गर्दा यस्तो हुनुलाई विशेषज्ञहरुले सामान्य ठान्दछन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved