• भदौ २६, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिए

alt

प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, सङ्खुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा सङ्क्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहबीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । उता झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, बिर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, सङ्खुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ६१९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । हाल सम्म प्रदेश १ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

प्रदेश १ मा आज ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म २ हजार १९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म १ लाख ५ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]