• भदौ २८, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु

alt

प्रदेश १ मा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ।  प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार साउन छ गतेदेखि यता प्रदेश भर कोरानाबाट ४७ को मृत्यु भएको हो। प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ छ। शनिबार विराटनगर ८ का पुरुषको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो।

मन्त्रालयमा अनुसार विराटनगरसहित मोरङमा २७ जनाको मृत्यु भएको छ। जसमा बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १ जना, सुन्दरहरैचाका १ जना, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना छन्। त्यसबाहेक सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ। प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो। प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमण देखिएकोमा विराटनगरका मात्र ४६ छन्। विराटनगरका २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३६४ पुगेको छ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]