• भदौ ३०, २०७७
  • जुनकिरी खबर

झुम्का कारागारका १२ कैदीबन्दीसहित सुनसरीमा थपिए ३२ संक्रमित

alt

सुनसरीमा मंगलबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज धरानमा ७ जना, दुहबीमा ९ जना, इटहरीमा ३ जना, इनरुवामा १ जना र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

केही दिनअघि उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको सम्पर्कमा रहेकाहरू कनट्याक्ट ट्रेसिङको क्रममा थप १२ जना कैदीमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या १२ सय ५५ पुगेको छ । अहिलेसम्म सुनसरीमा ५९१ जना डिस्चार्ज भए भने ७ जनाको मृत्यु भएको छ । सुनसरीमा ६५७ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]