• भदौ ३१, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा असोज ५ बाट सार्वजनिक यातायात चल्ने

alt

प्रदेश १ का यातायात व्यवसायीहरुले असोज ५ गतेदेखि यातायात साधान चलाउने भएका छन्। प्रदेश सरकारसँगको छलफलपछि यस्तो निर्णय भएको हो।  मुख्यमन्त्री शेरधन राई र पूर्वका यातायात व्यवसायीबीच स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो। संघीय सरकारले लामो दूरीका यातायात असोज १ गतेदेखि नै खुला गर्ने निर्णय गरिसकेको छ।

मुख्यमन्त्री राईसँगको मंगलबार भर्चुअल छलफलमा यातायात व्यवसायीहरु असोज ५ गतेदेखि नै यातायात चलाउन सहमत भएका हुन्। लामो समयपछि यातायात सञ्चालनमा आउने भएपछि कसरी सुरक्षित र व्यवस्थित गर्ने भनेर छलफल भएको थियो।  भर्चुअल छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश संयोजक सरोज श्रेष्ठले प्रदेश सरकार र पूर्वका व्यवसायीबीच हो।

‘अबको चार दिन सम्पूर्ण स्वास्थ्य सुरक्षाको तयारी, मजदुरलाई सचेतना र गाडीलाई पनि थप मर्मत गरेर तयारी गर्छौं,’ व्यावसायी श्रेष्ठले भने, ‘असोज ५ गतेदेखि हाम्रा सवारी साधान पूर्वका सडकमा गुड्नेछन्।’  उनले सवारी साधान चल्ने वातावरण प्रदेश सरकारले तयार गर्नुपर्ने बताउँदै अब फेरि गाडीलाई ग्यारेजमा थन्काउनुपर्ने अवस्था आउन नदिने पहल गर्नुपर्ने बताए।धरान, इटहरी, विराटनगर, काँकडभिट्टा, भोजपुर, कटारी, हिले, इलाम, खाँदबारीलगायत मुख्य स्टेसन क्षेत्रमा स्यानिटाइज गर्ने व्यवस्था गरिएको छ। 

प्रदेश राजधानी विराटनगरमा हाल ३ सयको हाराहारीमा सवारी साधनको दैनिक आवागमन हुने गरेको छ।  विराटनगर बसपार्क व्यवस्थापन समितिले दिएको जानकारीअनुसार लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन ५० को संख्यामा रहेका छन् भने छोटा दूरीका सवारी साधन डेढ सयको हाराहारीमा छन्।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]