• भदौ ३१, २०७७
  • जुनकिरी खबर

सुनसरीमा थप ६२ जनामा कोरोना संक्रमण

alt

सुनसरीमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा २ जना, गढी गाउँपालिकामा ५ जना, कोशी गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको हो ।

इटहरीमा ८ महिनाको बालकमा पनि संक्रमण देखिएको छ । भदौ २६ र २७ गते स्वाब संकलन गरिएकाहरुमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । वडा ९ का ८ महिनाको बालक र १९ बर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, इटहरी ४ का ३३ बर्षीय पुरुष, वडा ५ का ४२ र ४६ बर्षीय पुरुष, वडा १० का २७, ६५ र ७० बर्षीय पुरुष, वडा १३ का १८ र ४५ बर्षीय पुरुष छन् । यस्तै, इटहरी वडा १६ का ४४ बर्षीय पुरुष, वडा १९ का ५५ बर्षीय पुरुष, वडा २० का ३७ बर्षीया २ जना महिला र ३० बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

इहटरीमा सशस्त्र प्रहरीका २ जनासहित अन्य २ जना जनपथ प्रहरीको पनि पोजेटिभ रिपोर्ट आएको छ । इटहरीमा हालसम्म संक्रमण पुष्टि भएको संख्या ३५० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार यो गै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३१९ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ७ जनाको मृत्यु भएको छ भने ६ सय १० जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]