प्रदेश १ प्रदेशसभाको संसद भवन शिलान्यास गरिएको छ । बिहीबार प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले हाल रहेकै स्थान विराटनगरमा भवनको शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटमध्ये २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ लागतमा निर्माण हुनेछ ।
यसअघि जिल्ला समन्वय समितिको भवनमा बैठक सञ्चालन हुँदै आएको थियो । अब बस्ने सातौं बैठक भने नयाँ सुविधासम्पन्न भवनमा सञ्चालन हुने बताइएको छ ।
भवन निर्माणको ठेक्का धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले पाएको छ । यो ६ महिनाभित्र निर्माण पूरा हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले बताएका छन् ।
प्रदेशसभा विराटनगर बाहिर लैजाने भन्दै नेकपाका एकथरी सांसदले लविङ गरी हस्ताक्षर अभियान चलाए पनि अब विवाद अन्त्य भएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved