• असोज ४, २०७७
  • जुनकिरी खबर

इटहरीका प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने

alt

इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पूरयाउन सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो अभियान अन्र्तगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्या गरेका छन्।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरि भवन निर्माण गर्न निर्देशन दिए । केहि दिनभित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने जानकारी दिए । उपप्रमुख लक्ष्मी गौतमले आज शिल्यान्यास गरिएको भवनवाट यहि आर्थिक वर्षमा सेवा सुचारु गरिने वताइन । त्यहाँ आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको र मसलन्द खर्चका लागि वजेटको ब्यवस्था गरिएको जानकारी दिइन ।

वडाध्यक्ष चन्द्र भटराईले वडा नम्वर ४ वाट स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु गरिएकोमा खुशि ब्यक्त गरे । इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले आधारभूत स्वास्थ्य सेवा अव इटहरीका वडा वडामै पाउने गरि काम अघि वढेको जनाए । उनका अनुसार यहि आर्थिक वर्षमा १४वटा भवन निर्माण गरिने छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]