• असोज ६, २०७७
  • जुनकिरी खबर

सुनसरीमा थप ६८ जनामा कोरोना पुष्टि

alt

सुनसरीमा मंगलबार दुई ट्राफिक प्रहरीसहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार धरान उपमहानगर क्षेत्रमा ३३ जना, इटहरी उपमहानगर क्षेत्रमा १८ जना र दुहवी नगरपालिका क्षेत्रमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रेष्ठले पछिल्लो समयमा ग्रामिण क्षेत्रमाभन्दा मानिसको बढी चहलपहल र भीडभाड हुने सुनसरीको सहरी क्षेत्रमा संक्रमितको संख्यामा वृद्धि भएको बताइन् । संक्रमितमध्ये कतिपयलाई होम आइसोलेसनमा र अधिकांशलाई मोरङको गोठगाउँ, इटहरीको रंगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

धरान उपमहानगरपालिकामा स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार संक्रमितमध्ये धरान ८–स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय र २७ वर्षीय पुरुष ट्राफिक प्रहरी, बीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ वर्षीया एक युवतीलाई पनि संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयको अनुसार हालसम्म १ हजार ५ सय ३१ जना संक्रमित पुष्टि भएका छन् भने ८ सय ७७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]