• असोज ७, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरले व्यवसायीलाई दियो करमा छुट

alt

कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि इटहरी उपमहानगरपालिकाले करमा छुटको व्यवस्था गरेका छ । उपमहानगरपालिकाले करमा बम्पर छुटको योजना अगाडी सारेको हो ।

व्यवसाय करमा आर्थिक बर्ष २०७२ । ७३ को शतप्रतिशत मिनाहा गरेको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताईन । सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेष्टुरेण्ट, कपडा पसललगायतका सबै व्यवसाय कर मिनाहा गरेको उपप्रमुख गौतमले बताईन ।

आर्थिक बर्ष २०७३।७४ देखिको व्यवसाय कर २०७७ माघ सम्म बुझाएमा थप शुल्क दस्तुर र जरिवना छुट गरिएको छ । त्यस्तै २०७६।७७ को कर माघ मसान्त सम्म बुझाए २५ प्रतिशत छुटको व्यवस्था गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । २०७७।७८ सालको कर पनि माघ मसान्त सम्म बुझाए २० प्रतिशत छुटको व्यवस्था गरिएको इटहरी उपमहनगरले जनाएको छ ।

घर बहाल करमा पनि छुट

इटहरी उपमहानगरपालिकाले २०७५ साल अगाडिका सबै घर बहाल कर मिनाहा गर्ने भएको छ । घरबहाल करमा इटहरीका घरधनीलाई सहज बनाउँन खोजिएको इटहरी उपमहानगरले जनाएको छ ।

२०७५ साल पछिका घर बहाललाई भने क्रमस करमा छुट दिने समेत बजेटमा उल्लेख छ । आर्थिक बर्ष २०७५।०७६ मा ५० प्रतिशत छुट,आर्थिक बर्ष २०७६।०७७ मा ३० प्रतिशत छुट र २०७७।०७८ मा लाग्ने बहाल करमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]