• असोज १२, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए

alt

प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ महिला १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ ।

उता ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]