• असोज १९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ को नाम सगरमाथा कि कोशी ?

alt

नोवेल कोरोना भाइरस (कोभिड–१९) महाव्याधीकाबीच प्रदेश नम्बर ५ ले नाम र राजधानी टुंगो लगाउन लागेसँगै प्रदेश १ मा पनि नाम र राजधानीको बहस सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश १ सरकारले राजधानीको विषय २३ वैशाख २०७६ मा टुंगो लगाएको थियो । नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।

नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् । प्रदेश ७ ले सुदूरपश्चिम, ६ ले कर्णाली, ४ ले गण्डकी र ३ ले बाग्मती नाम राखेका हुन् । प्रदेश ५ ले लुम्बिनी प्रस्ताव गरेको छ ।

प्रदेशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेकाले प्रदेशको नाम कोशी र सगरमाथामध्ये एक हुने तोकिने सम्भावना बलियो छ । प्रदेशको राजधानी तोक्ने समयमा नेकपा सांसदको मत कोशी र सगरमाथामा बाँडिएको थियो । तर पछिल्लो समय सगरमाथा नाम चर्चामा छ ।

चर्चामा आएजस्तै प्रदेशको नाम सगरमाथा तोकिने हो ? अनलाइनखबरको प्रश्नमा मुख्यमन्त्री शेरधन राई भन्छन् ‘बाहिरी चर्चामा आएको विषय मैले पनि हेरेँ । सगरमाथा हिजो छलफलमा आएको नाम हो । तर कतैबाट प्रस्ताव आएको छैन । अहिले छलफल पनि भएको छैन् ।’

उनले सगरमाथा र कोशी विगतमा पनि चर्चामा आएका नाम भएकाले छलफलको विषय बनाउन सकिने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]