इटहरी रंगशालामा रहेको आइसोलेसनमा भर्ना हुने कोरोना संक्रमितहरुलाई खाना खाजा खर्च उद्योग बाणिज्य संघ इटहरीले बेहोर्ने भएको छ ।
आइसोलेसनमा बस्ने सबै संक्रमितहरुलाई खाना र खाजाको व्यवस्था गरेको उवा संघ इटहरीले जनाएको छ । साथै त्यहा बस्ने स्वास्थ्यकर्मीहरुलाई पनि खाना खाजाको ब्यबस्था गरेको हो । हप्तामा एक दिन माछा मासु सहितको खानाको ब्यबस्था गरेका छौ पोखरेलले भने ।
प्रदेश सरकार र स्थानीय सरकारको पहलमा स्थापना भएको आइसोलेसनमा खाना तथा खाजाको व्यवस्था गरेको उद्योग बाणिज्य संघ इटहरीका महासचिब पिताम्बर पोखरेलले जनाए । हामीले आइसोलेसन भर्ना भएका संक्रमितहरुलाई ३ महिना सम्म खाना खुवाउने पोखरेलले बताए ।
इटहरी उद्योग बाणिज्य संघ इटहरीले लकडाउनको बेला पनि इटहरीमा महत्वपूर्ण भुमिका खेलेको थियो । उद्योगी व्यापारीहरु सँगै संक्रमितहरुको लागि सहयोग गर्दै आएको छ । पछिल्लो समयमा उद्योग बाणिज्य संघ इटहरी सक्रिय बन्दै आएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved