• असोज २१, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा स्वास्थ्य बिमा गर्ने साढे नौं लाख

alt

प्रदेश १ मा स्वास्थ्य बिमा कार्यक्रममा जोडिनेको संख्या नौं लाख ६५ हजार पुगेको छ । दुई वर्षयता सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा प्रदेश १ का १४ जिल्लाबाट नौं लाख ६५ हजार बढी सर्वसाधारण जोडिएका हुन् ।

प्रदेश १ का स्वास्थ्य बिमा कार्यक्रमका सिनियर अधिकृत दुर्गाप्रसाद आचार्यका अनुसार स्वास्थ्य बिमा गराउनेहरुको संख्या बढ्दै गएको छ ।

उनका अनुसार मोरङमा मात्रै बिमामा सहभागिता जनाउनेको संख्या १ लाख ५० हजारभन्दा माथि छ । मोरङ २०७६ असोज १५ बाट स्वास्थ्य बिमा सुरु भएको थियो ।

के–के छन् सुविधा ?

परिचयपत्रको आधारमा बिमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्छन् ।

स्वास्थ्य बिमामा प्रत्येक पालिकाको वडा समितिबाट सदस्य बनाइन्छ । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा एकजना दर्ता सहयोगी नियुक्त छन् ।

वडामा रहेका दर्ता सहयोगीमार्फत् सम्बन्धित वार्डमा पारिवारिक स्वास्थ्य बिमा गराइन्छ ।

पाँच जनासम्मको परिवारले स्वास्थ्य बिमा गर्दा वर्षमा तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । त्योभन्दा बढी सदस्य भएको परिवारले प्रतिव्यक्ति सात सय रुपैयाँ थप्नु पर्ने हुन्छ ।

बिमा गरेका पाँच सदस्य परिवारले एक वर्षमा बढीमा एक लाख र त्योभन्दा धेरै सदस्य भएका परिवारमा प्रति सदस्य २० हजार बराबरको स्वास्थ्य सेवा थपिँदैं जानेछन् ।

७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक र बिमा रकम तिर्न नसक्ने अति गरिब भनेर तोकिएको वर्गलाई सरकारले नै बिमा रकमवापत्को शुल्क तिरिदिएर निःशुल्क बिमा गरिदिने व्यवस्था छ ।

अति गरिब भनेर तोकेर परिचयपत्र दिएको वर्गलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने सुविधा पनि छ । यो सुविधा प्रदेश १ मा खोटाङ र भोजपुरमा मात्र लागू गरिएको छ ।

अन्य जिल्लामा गरिब भनेर तोकेको खण्डमा स्थानीय सरकारले स्वास्थ्य बीमा गरिदिनु पर्ने हुन्छ ।

त्यस्तै, एचआईभी संक्रमित, पूर्ण अपांगता भएका, कुष्ठरोगी, जटिलखालका क्षयरोगका रोग भएका बिरामीका साथसाथै उनका परिवारको समेत सरकारले निःशुल्क स्वास्थ्य बिमा गरिदिने छ ।

महिला स्वास्थ्य स्वयमसेविकाको परिवारका लागि ५० प्रतिशत सरकारले शुल्क तिर्ने गरेको छ । कुनै पनि व्यक्तिले पाउनुपर्ने स्वास्थ्यका सबै आधारभूत सेवा सुविधाहरू बिमाले उपलब्ध गराइएको छ ।

बिमा गरेका नागरिकले सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार पाउने छन् । बिमा गर्ने व्यक्तिले तोकिएको अस्पतालबाट ओपीडी सेवा, ११ सय ३३ प्रकारका औषधि (सरकारी संस्थाका लागि ७० प्रकारका निःशुल्क औषधि), रगत जाँच, ल्याब, सिटीस्याकन, एक्स–रे, भिडियो एक्स–रे, एमआरआईलगायत तोकिएका सेवा नागरिकलाई निःशुल्क पाउँछन् ।

स्वास्थ्य बिमा योजनाअन्तर्गत बिरामी हुनेबित्तिकै लगिएको नजिकको सरकारी अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राखिएको छ । त्यहाँ उपचार नभएको खण्डमा सरकारी अस्पतालबाट रेफर गरेपछि मात्र सूचिकृत अस्पतालमा (प्राइभेट अस्पताल) बीमाको कार्ड लगे बीमा सुविधा लागू हुनेछ ।

एक पटक गरिसकेको बिमा एक वर्षसम्मका लागि मात्र लागू हुनेछ । बिमाको मिति सकिने एक महिना अगाडि नै बिमाको नवीकरण गर्नु पर्ने हुन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]