• असोज २३, २०७७
  • जुनकिरी खबर

सुनसरी प्रशासनद्वारा मठ मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध

alt

कोरोना जोमिखलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले दशैं तिहारमा मठ मन्दिरमा हुने पुजालाई निषेध गरेको छ ।
कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले शक्ति पिठ लगायत मठ मन्दिरमा हुने नित्य पुजामा पुजारी बाहेकको उपस्थिति निषेध गर्ने निर्णय गरेको हो ।

प्रशासनले चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै मन्दिर, मस्जिद तथा गुम्बाहरुमा गरिने नित्य पुजाआजा एकजना मात्रले गर्ने बाहेक सर्वसाधारणको प्रवेश बन्देज गरिएको जनाएको छ । प्रशासनले सर्वसाधारणका लागि मन्दिरमा पुजा, पार्थना, नमाज र ध्यान गर्न निषेध गर्ने निर्णय गरिएको जनाएको छ ।

दशैं तिहारमा पुजाआजाकालागि भीड लाग्ने हुँदा त्यसले कोरोनाको जोखिम बढाउने तर्फ सजक हुनु आवश्यक भएकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

त्यसैगरी सुनसरी प्रशासनले दशैं, तिहार तथा छठ पर्व आ–आफ्नो घरमा परिवारसँग मात्र मनाउन भनेको छ । उसले सो अवधिमा मेला, जात्रा, भजन किर्तन समेत नर्गन जिल्लावासीमा आग्रह गरेको छ । अटेर गर्ने उपर कानुन बमोजिम कार्वाही गरिने समेत प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]