• असोज २४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा संक्रमितको संख्या नौ हजार नाघ्यो

alt

पछिल्लो समय तीव्र रुपमा संक्रमण फैलिएको प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या नौ हजार नाघेको छ। एकै दिन शुक्रबार चार सय ८५ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या नौ हजारबाट उकालो लागेको हो। 

हालसम्म एक लाख ३४ हजार सात सय ७३ जनाको पीसीआर परीक्षण हुँदा संक्रमित संख्या नौ हजार तीन सय ४१ पुगेको जानकारी सामाजिक विकास मन्त्रालयले दिएको छ। स्वाबको परीक्षण गरिएका मध्ये एक लाख २५ हजार चार सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। 

२४ घण्टामा संक्रमण पुष्टि भएका नयाँ चार सय ८५ संक्रमितको संख्या यसअघि दैनिक थपिएको भन्दा उच्च हो। दुई हजार चार सय ४३ जनाको पीसीआर परीक्षण हुँदा शुक्रबार एक सय ४९ महिला तीन सय ३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ। 

नयाँ थपिएका संक्रमितमा मोरङका दुई सय ३०, सुनसरीका एक सय ४३, झापाका ३३, इलामका १०, धनकुटाका सात, संखुवासभाका छ, उदयपुरका पाँच, भोजपुर र ताप्लेजुङमा चार–चार, खोटाङका दुई, तेह्रथुम र ओखलढुंगाका एक–एक र प्रदेश १ बाहिरका ३९ जना रहेका छन्। प्रदेश राजधानी विराटनगरमा ५१ महिला र एक सय एक पुरुष गरेर एक सय ५२ जना नयाँ संक्रमित थपिएका छन्। 

संक्रमण पुष्टि भएर विभिन्न कोभिड अस्पताल, होम आइसोलेसन र संस्थागत आइसोलेसनमा उपचाररतमध्ये चार हजार सात सय ७४ जना सफल उपचारपछि डिस्चार्ज भएका छन्। शुक्रबार एक सय १३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भए। कोरोना जित्दै शुक्रबार डिस्चार्ज भएका सबै होम आइसोलेसनका हुन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]