• साउन १, २०७६
  • जुनकिरी खबर

इनरुवाका मेयरमाथि अनियमितताको आरोप – नगरसभा अझै अन्यौल

alt

बजेट नीति तथा कार्यक्रम तय गर्न सरकारले असार १० को समयसीमा तोकेको थियो । असारको अन्त्य सम्ममा समेत अभैm केहि स्थानीय तहले गाउँ तथा नगर सभा गर्न सकेका छैनन् । 

सुनसरीका १२ मध्ये ११ वटा स्थानीय तहले आफु पायकको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिसक्दा सदरमुकाममा रहेको इनरुवा नगरपालिकाको कार्यालयले भने अभफै नगर सभा टुङ्ग्याउन सकेको छैन ।


नगर प्रमुखमाथि लागेको अनियमितताको आरोपसँगै नगरसभाको मुद्दा थप पेचिलो बन्दै गएको छ । हरहिसाब सार्वजनिक गर्नु पर्ने नेकपाको अडानका कारण बहिष्कारमा परेकोे नगरसभा कहिले हुने हो अत्तो पत्तो छैन् ।

इनरुवा नगरपालिकाको हकमा असार १० गतेलाई डाकिएको नगर सभा नेकपाका जनप्रतिनिधिको बहिष्कारका कारण हुन सकेन् । त्यसयता एकपछी अर्को घटनाक्रम जोडिदैं जाँदा नगरसभाको मुद्दा थप पेचिलो बन्दै गएको छ । दुवै पक्षको अडानका बाबजुत सहमतिको प्रयास खोजिएपनि अहिलेसम्म निचोड भने निस्कन सकेको छैन् ।

नगर प्रमुख राजन मेहता माथि कार्यपालिकाको निर्णय बेगर आफुखुशी लाखौं रकम रित्याएको आरोप लागेको छ । हरहिसाब सार्वजनिक गर्नु पर्ने अडान राखी असार १० को नगरसभा बहिष्कार गरेका नेकपाका जनप्रतिनिधिहरुले मेयरको आफुखुशी खर्च अनुमोदन गर्न नसक्ने बताएका छन् । आफुखुशी सिलिङ तय गरी हचुवाको भरमा नगर सभा गर्न लागेको जस्ता आरोपकाबीच खर्च छानविन थालेको लेखा समितिले नगरपालिकामा ब्यापक अनियमितता भएको फेला परेको जनाएको छ ।

मेयरको ठाडो आदेशमा रकम सक्ने काम भएकाले कुनैपनि हालतमा आफुहरुलाई स्विकार्य नहुने नेकपा तर्फका जनप्रतिनिधिहरुको अडान छ । ३४ लाखबाट सुरु भएको वडागत बजेट सिलिङ २ करोडको आसपास, सहमति नजिक पुगेको छ । यद्यपी कार्यपालिकाको निर्णय बेगर मेयरले गरेको आफुखुशी खर्चको अनुमोदन हुने नहुने भन्ने विषय अझै यकिन भैसकेको छैन् ।

जसोतसो नगर सभा सञ्चालनको प्रयासमा सहमति जुटाउन पहल थालिएपनि खर्चको अनुमोदन र नगर प्रमुखलाई दायरा भित्र बाँध्ने गरी अघि सारिएका बुँदामा अझै सहमति भने जुट्न सकेको छैन् । इनरुवा नगरपालिकामा १० वटा वडा छन् । प्रमुख र उपप्रमुख नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएपनि कार्यपालिकामा बहुमत भने नेकपाको छ । त्यसैलेपनि इनरुवा नगरपालिकाको हकमा बेलाबखत अल्पमत र बहुमतको प्रशंगसँग जोडिएर आरोप र प्रत्यारोपको अवस्था सीर्जना हुने गरेको छ ।

नगर सभा तोकिएको मितिमा सम्पन्न नहुँदा इनरुवा नगरपालिकाले प्राप्त गर्ने केन्द्रिय अनुदान कटौतीमा पर्ने निश्चित छ । सहमतिको प्रयास जारी रहेको बताउने नगर प्रमुख राजन मेहता आफुमाथि लागेका आरोप निराधार भएको बताउँछन् । मेयरलाई दायरामा बाँधी खर्चमा कटौती गराउने भन्ने बुँदामा आफ्नो सहमति नरहेको बताउने राजन मेहता नगरसभालाई अनिर्णयको बन्दी बनाउने पक्षमा आफु नभएको बताउँछन् ।

नगर सभा नहुँदा नगरवासीमा नगरपालिका प्रति बितृष्णा जगाएको छ । जनप्रतिनिधिबाटै अनियमितता भएको र हरहिसाब अपारदर्शिता जस्ता विषय बाहिरिएकाले नगरपालिकाको कार्यालयले नगरवासीका हकमा बेलैमा वास्तविकता सार्वजनिक गर्नु आवश्यक देखिन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]