• असोज २८, २०७७
  • जुनकिरी खबर

पीसीआर परीक्षण तत्काल सुरु गर्न इटहरी काँग्रेसको माग

alt

रोकिएको पीसीआर परीक्षण तत्काल सुरु गर्न इटहरी काँग्रेसले माग गरेको छ । इटहरी उपमहानगरपालिकाले इटहरीमा स्वाब संकलन रोकिएको सुचना प्रवाह गरे सँगै नेपाली काँग्रेस इटहरीले आपत्ती जनाउदै तत्काल सुरु गर्न माग गरेको हो ।

इटहरी उपमहानगरले परीक्षणको लागि रिएजेन्टको अभाव देखाउँदै परीक्षण बन्द गर्नु गैरजिम्मेवार भएको इटहरी काँग्रेसले टिप्पणी गरेको हो । परीक्षणको दायरा बढाउनु पर्ने बेला बन्द गरेर इटहरी सरकारले गैरजिम्मेवारी देखाएको इटहरी काँग्रेसको ठहर छ ।

नेपाली काँग्रेस इटहरीका कार्यवाहक सभापति कोविदजङ्ग कार्कीले स्वाब संकलन रोकिनु इटहरी सरकारको व्यवस्थापकीय कमजोरी भएको बताएका छन । एक विज्ञप्ती प्रकाशित गदै कार्कीले तत्काल पीसीआर परीक्षण सुरु गर्न माग गरेको छ । तत्काल परीक्षण नगरिए नेपाली काँग्रेस इटहरीमा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।

इटहरीबासीको स्वास्थ्य सँग जोडिएको विषयलाई इटहरी सरकारले गम्भिरता नलिएको भन्दै तत्काल परीक्षण गर्न माग गरेको हो । दैनिक कोरोना संक्रमण बढ्दै जादा परीक्षण रोकिदा अवस्था थप जटिल हुने भन्दै नेपाली काँग्रेस इटहरीले स्वाब संकलनको दायरालाई थप फराकिलो बनाउन समेत माग गरेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]