• असोज २८, २०७७
  • जुनकिरी खबर

इटहरीमा मास्क नलगाई हिडने पक्राउ

alt

कोरोना भाइरसको संक्रमणको जोखिम दैनिक बढिरहेको बेला बिना काम घरबाट निस्कने जो कोहि र मास्क नलगाइ सडकमा निस्किएका स्थानीयहरूलाइ प्रहरीले बुधबार दुइ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

कोबिड १९ संक्रमणलाइ मध्यनजर गर्दै जिल्ला प्रसाशन कार्यालय सुनसरी , इटहरी उपमहानगर तथा सम्बन्धित सरोकारवालाहरूले केहि दिन अघि इटहरीलाइ रेडजोन सहित बिभिन्न स्थानलाइ निषेधित क्षेत्र तोकेको थीयो । रेडजोन र निषेधित क्षेत्रमा बिना काम हिडडुल गर्ने र मास्क नलगाइ बजारमा निस्किएका ५० जना भन्दा बढीलाइ प्रसाशनले नियन्त्रणमा लिएर २ घण्डा पछि छाडेको हाे । 

समुदाय स्तरबाट लापर्वाहि हुने गरेको ब्यापक गुनासो पछि बुधबार जिल्ला प्रसाशनको कार्यालय सुनसरीका अधिकृत तहका प्रतिनिधि त्रिलोचन न्यौपाने सहित उपमहानगरको अनुगमन टोलीले मास्क नलगाइ हिडने ५० भन्दा बढीलाइ नियन्त्रणमा लिएर छाडेको हो । करिब १ घण्टा गरेको अनुगमनमा ५० भन्दा बढी स्थानीयहरूलाइ नियन्त्रणमा लिइएको थीयो । नियन्त्रणमा लिइएका स्थानीयहरूलाइ इलाका प्रहरी कार्यालय इटहरीको प्रांगणमा राखेर कोरोना भाइरस संक्रमणबारे सचेतना जगाउदै छोडिएको थीयो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]