• असोज २९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

alt

पछिल्लो २४ घण्टामा प्रदेश १ का विभिन्न अस्पतालमा उपचाररत ८ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र विराट नर्सिङ होममा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरानका ३, इटहरीका १, मोरङको विराटनगरका १, सुन्दरहरैँचाको १ र तेह्रथुमका २ जना छन् ।

तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ः१५ बजेतिर उपचारका क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषको रिपोर्ट विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसैगरी, इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया महिलाको बिहीबार बिहान १२ः५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको छ । श्रेष्ठका अनुसार उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो । वृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको हो ।

धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको बुधबार अपरान्ह ३ः१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानले असोज २७ गते उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताएको छ । असोज २८ गते महिलालाई कोभिड अस्पतालमा भर्ना गरी उपचारमा राखिएको थियो ।

बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का ५८ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

उता तेह्रथुम दाङ्पा–१ का ४९ वर्षीय पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार बेलुका उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जिल्ला अस्पताल धनकुटाबाट थप उपचारका लागि प्रतिष्ठान ल्याइएको थियो ।

विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिला र दुई पुरुष गरेर तीन जनाको मृत्यु भएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार ल्याइएकी महिलालाई श्वासप्रश्वासको पनि समस्या थपिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष रहेका छन् ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको थियो । त्यही दिन राति अस्पताल भर्ना गरिएका उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिनुभयो ।

स्वास्थ्य अवस्था गम्भीर बनेर गएपछि पुरुषलाई भेन्टिलेरमा राखिएको थियो । मृतकमा मधुमेहको पुरानै समस्या थियो । त्यस्तै गत सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको हो ।

मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्यसम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ । योसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या हालसम्म १ सय २२ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]