• असोज २९, २०७७
  • जुनकिरी खबर

इटहरीमा म्याद गुज्रिएका सामग्री बेच्न पसल सिल

alt

इटहरी उपमहानगरद्वारा खनार वजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बेच्न राखेको पाइएको छ ।

अनुगमनका क्रममा एउटा पसलमा सिल गरिएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार बजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ ।

चार वटा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएको छ । बट्टाको पेडा, मिट मसला, खाने तेल ध्यू, बिस्कुट, बेसारको प्याकेट लगायत म्याद गुज्रिएको भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले बताए । म्याद गुज्रिएका समान बरामद गरिएको छ ।

गत साल अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान बेचबिखन गरेको पाइएको विक्रम किराना पसलमा यसपाला पनि त्यस्तै पाइएकाले सिल गरेको उपमेयर गौतमले बताइन् । मूल्य सूची तथा साइनबोर्ड नभएकालाई तीन दिन भित्र राख्न निर्देशन दिइएको छ । व्यवसाय नवीकरण नगरेकाहरूलाई पाँच दिन भित्रमा गर्न भनिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]