• कार्तिक ३, २०७७
  • जुनकिरी खबर

सुनसरीमा एकैदिन चारजना कोरोना संक्रमितको मृत्यु

alt

सुनसरीमा सोमबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा बसेका तीन र एकजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।

होम आइसोलेसनमा मृत्यु हुनेमा धरान ८ का ७० वर्षीय र धरान १५ का ७४वर्षीय पुरुषको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए । त्यस्तै बराहक्षेत्र नगरपालिका ११ की उमेर नखुलेकी एक महिलाको पनि होम आइसोलेसनमै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणि पोखरेलले बताए । 

होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरिसकिएको पनि उनले जानकारी दिए। त्यस्तै वीपी प्रतिष्ठानमा इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

सुनसरीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । दैनिक मृत्युदर बढिरहँदा समेत स्थानीय सरकारले भने लकडाउन गर्नुपर्ने किरात याक्थुम चुम्लुङ धरानका सचिव जय सम्बाहाम्फेले बताए ।

सुनसरीमा दैनिक २ सय भन्दा बढी संक्रमित थपिने र दैनिक चार/पाँच जनाको मृत्यु हुन थालेकाले लकडाउनलाई कडा पार्नुपर्ने उनको माग छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी पोखरेलले भने जिल्लामा पूर्ण लकडाउन गर्न पटक–पटक सर्वदलीय छलफल गर्दा राजनैतिक दलहरुबाटै सहमति नभएका कारण लकडाउन गर्न नसकिएको बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]