• जेठ २, २०७६
  • धनबहादुर पुरी

तुहियो श्रमिक अस्पतालको सपना

alt

इटहरी/ एक वर्षअगाडि सुनसरीको दुहबीमा खोल्ने भनिएको श्रमिक अस्पताल तत्काल नबन्ने भएको छ । सरकारी जग्गामा श्रमिक अस्पताल बनाउने भन्दै प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली त्यहाँ पुगेर अस्पताल बनाउने वाचासहित केही निर्णय गरेको थियो । सन् २०१८ मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा सुविधा सम्पन्न श्रमिक अस्पताल बनाउने उद्देश्यका साथ त्यसको नाप–नक्सादेखि व्यवस्थित गर्ने बारे पनि छलफल शुरु भएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले श्रमिक अस्पताल बनाउने ठोकुवा गरेका थिए । 
 
सङ्घीय सरकार अन्तर्गत श्रम मन्त्रालले वीरगञ्ज र विराटनगरमध्ये एक ठाउँमा गतवर्ष श्रमिक अस्पताल खोल्ने तयारी गरेको थियो । ५ सय शøयाको श्रमिक अस्पताल खोल्न विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल र जग्गाको खोजी पनि गरियो तर अस्पताल खोल्ने योजना अहिले तुहिएको छ ।
 
दुहबी नगरपालिकाले अस्पतालका लागि ८ बिघा जग्गा प्रदान गर्न बोर्डबाट निर्णय गरी सामाजिक विकास मन्त्रालयमा सम्पूर्ण कागजातसमेत पठाएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले बताए । आवश्यक पर्ने जग्गा आफूहरूले उपलब्ध गराउने भनेर सबै कागज पठाइएपछि मन्त्रालयको टोली त्यहाँ पुगेको  गच्छदारले बताए ।
 
‘सङ्घीय श्रम मन्त्रालयका कर्मचारी, प्रदेश सामाजिक विकास मन्त्री, उद्योगी व्यवसायीहरूलाई बोलाएर जग्गा पनि देखाएका थियौं’ प्रमुख गच्छदारले भने, ‘साउनमा श्रममन्त्री गोकर्ण विष्ट स्वयम् आएर जग्गा हेरेर जानुभएको थियो तर पनि अझै काम शुरु हुने सुरसार देखिएन ।’
 
नेपाल सरकारको कल्याणकारी कोषमा रहेको १९ अर्ब रुपैयाँबाट प्रदेश १ को दुहबी र प्रदेश २ को वीरगञ्जमा ५ सय शøयाको श्रमिक अस्पताल निर्माण गर्ने श्रम मन्त्रालयले बताएको थियो । तर सामाजिक सुरक्षा ऐन आएपछि उक्त रकम सामाजिक सुरक्षा कोषमा रकमान्तर भएपछि अस्पताल बनाउने योजना सेलाएर गएको नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले बताए ।
 
पार्क बनाउने तयारी 
कोशी राजमार्गभन्दा करिब अढाई किलोमिटर पश्चिममा रहेको ८ बिघा जग्गामा अस्पताल निर्माण गर्ने भनिएको जग्गामा हाल पार्क बनाउने तयारी दुहबी नगरपालिकाले गरेको छ । अस्पताल बनाउने निर्णय गरेको १ वर्ष पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखाएपछि दुहबी नगरपालिकाले पार्क बनाउन लागेको हो । 
 
निजी क्षेत्रसँगको सहकार्यमा पार्क निर्माणका लागि ६५ करोडको डिपिआर समेत तयार भइसकेको मेयर गच्छदारले बताए । अब सुन्दर पार्कको परिकल्पनासहितको काम अघि बढाइएकोले अब पार्क बनाउने काम शुरु भएपछि अस्पताल निर्माणको काम हुन नसक्ने स्पष्ट पारे । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]