• कार्तिक १३, २०७७
  • जुनकिरी खबर

चिसो बढेसँगै कोरोना भाइरस र मौसमी फ्लूको संक्रमणको खतरा

alt

चिसो बढेसँगै कोरोना भाइरस र मौसमी फ्लूको सङ्क्रमण बढ्न सक्ने भएकाले सचेत हुन विज्ञले सुझाव दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अपनाइएका स्वास्थ्य मापदण्ड निरन्तर लागू गर्न सके मौसमी फ्लूलगायतका सरुवा रोगबाट पनि जोगिन सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो ।

चिसो बढेसँगै मौसमी फ्लू, बालबालिकामा रोटा भाइरस र वयस्कमा कोरोना भाइरसको सङ्क्रमण देखिन सुरु हुने उहाँले बताउनुभयो ।

चिसो बढ्दै गएपछि समूहमा बस्दा मौसमी फ्लू र कोरोना भाइरस झनै फैलने जोखिम रहेकाले सकेसम्म समूहमा नबस्न, अनिवार्य मास्क लगाउन, बेलाबेला साबुनपानीले मिचिमिची हात धुन, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउन र व्यक्तिगत दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न डाक्टर पुनको सुझाव छ ।

यस्तै तातो झोलिलो खानेकुरा खाने, बाहिरका खानेकुरा नखाने र सरसफाईमा ख्याल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]