• कार्तिक १४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १८,९५३ पुग्यो

alt

प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्बुमा २, पाँचथर, खोटाङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९, सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ७५, बिर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४–४, शिवसताक्षी र हल्दिबारीमा ३–३, बाह्रदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहबी, गढी, बर्जु र देवानगञ्जमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५, धनकुटाको धनकुटा नगरपालिकामा ३ र शहिदभूमीमा १, भोजपुरमा ३, सोलुखुम्बुको सोलुदुधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रुङ चुईचुम्मा र तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ९५३ पुगेको छ ।

प्रदेश १ मा आज ६१९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५९५, मेची अस्पतालबाट १३, न्युरो अस्पतालबाट ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ७९८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]