• कार्तिक १६, २०७७
  • जुनकिरी खबर

सिमा क्षेत्र कडाई गर्न डिआईजीको निर्देशन

alt

सिमावर्ती क्षेत्रमा कडाई गर्न १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी इश्वरबाबु कार्कीले निर्देशन दिएका छन । झापा र मोरङ जिल्लाका सिमावर्ती क्षेत्रका प्रमुख तथा सहयोगीहरुलाई कार्यालयमै बोलाएर डिआईजी कार्कीले कडा निर्देशन दिएका हुन ।

सिमा क्षेत्रमा बढ्दो तस्करी र प्रहरी मिलोमतोको उजुरी समेत बढ्न थालेको भन्दै सिमा क्षेत्रमा कडा गर्न निर्देशन दिएका हुन । कोरोनाको महामारीमा भारतिय प्रवेश र घुसपेट बढेको भन्दै यस्ता गतिविधि रोक्न डिआईजी कार्कीले निर्देशन जारी गरेका हुन ।
तस्करीहरु सँगको मिलोमतोलाई शुन्यसहनशिलताको नितिलाई अबलम्बन गर्न निर्देशन दिएका हुन ।

प्रहरी आचार संहिता २०७७ कार्यान्वयन गर्न समेत मातहतका प्रहरीहरुलाई निर्देशन दिएका हुन । प्रदेश प्रहरी कार्यालयले सिमा क्षेत्रमा थप मद्धत समेत पठाएको जनाएको छ ।

झापा र मोरङका सिमावर्ती क्षेत्रलाई उच्च प्रथामिकतामा राखिएको डिआईजी कार्कीले जनाएका छन । डिआईजी कार्की छड्के अनुगमनमा सिमावर्ती क्षेत्र समेत गएको जनाएको छ ।सिमामा मिलोमतो गर्ने केहि प्रहरीहरुलाई कारबाही समेत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]