• कार्तिक १७, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा संक्रमण र मृत्यु बढेको बढ्यै

alt

प्रदेश १ मा कोरोना संक्रमित र मृत्यु हुने दर मोरङमा उच्च रहेको छ । प्रदेशमा आइतबारसम्ममा १९ हजार ५ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मोरङमा मात्र ९ हजार २७२ जना छन् । त्यसमध्ये ३ हजार ७३७ जना सक्रिय संक्रमित छन् । मोरङका संक्रमित मध्ये ३ हजार चार सय एकजना महिला र ५ हजार ८७१ पुरुष छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा आइतबारसम्ममा १ सय ६६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । मोरङका ७० जना छन् ।

प्रदेशका १४ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये संखुवासभा, खोटाङ, भोजपुर, पाँचथर, ओखलढुंगा र सोलुखुम्बुमा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्ममा मोरङमा ९ हजार २७२ जना संक्रमित पुष्टि हुँदा ७० जना र सुनसरीमा ६ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६५ जनाको ज्यान गएको छ ।

त्यसैगरी झापामा २ हजार २३७ जना संक्रमित भेटिदा २४ जना उदयपुरमा ३ सय २० र तेह्रथुममा ६० जनामा संक्रमण पुष्टि हुँदा दुई/दुईजनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, इलाम, धनकुटा र ताप्लेजुङमा कोरोनाबाट एक/एक जनाको ज्यान गएको मन्त्रालयको तथ्यांक छ । इलाममा १९९, धनकुटामा ११० र ताप्लेजुङमा ३५, संखुवासभामा १५७, खोटाङमा ५५, भोजपुरमा ५१, पाँचथरमा ३९, ओखलढुंगामा ३५ र सोलुखुम्बुमा १९ जना संक्रमित छन् ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]