• कार्तिक १९, २०७७
  • जुनकिरी खबर

तिहार अगावै इटहरीमा पटका कारोबार गर्ने तीनजना पक्राउ

alt

सुनसरीको ईटहरी उपमहानगरपालिका ८ मा रहेको एक किराना पसलबाट ठुलो परिमाणको पटकासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा इटहरी ११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् । मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार(पसार तथा बिक्रिवितरण भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले आज दिउँसो छापा मारेको थियो ।

ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटकाहरु बरामद गरेको छ । पटका सहित पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी झापाको अर्जुनधारा र नकलबन्दा ेएरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरु आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]