• कार्तिक २०, २०७७
  • जुनकिरी खबर

इटहरीका दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु

alt

सुनसरीको इटहरी उपमहानगरपालिका घर भएका कोरोना भाइरस संक्रमित दुई पुरुषको बिहीबार दिउँसो उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । एक जनाको नोबेल शिक्षण र अर्का पुरुषको न्युरो अस्पतालमा ज्यान गएको हो । इटहरी–१८ का ५५ वर्षीय पुरुषको दिउँसो ३:३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएकोभन्दै पुरुषलाई उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको दाहालले बताए । उनका अनुसार दमको पुरानै समस्या रहेका पुरुषको उपचारका क्रममा आइसोलेसनमै ज्यान गएको हो । 

त्यस्तै इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा दिउँसो ३:१५ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]