• कार्तिक २०, २०७७
  • जुनकिरी खबर

सुनसरीमा आइसोलेसनमा नबसी बाहिर भेटिए एक महिना कैद हुने

alt

 सुनसरी जिल्लामा कोरोना सङ्क्रमण सङ्क्रमितकै कारण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना संक्रमित भएर पनि आइसोलेसनमा नबसेको पाएमा १ सय रुपैयाँ जरिवाना सहित एक महिना कैद सम्म गर्ने भएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा बस्ने भन्दै सार्वजनिक स्थलहरूमा हिँडडुल गरेको भेटिएको र देखिएको पाइएको जनगुनासो आएकोले गर्दा संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार १ सय रुपैयाँ जरिवाना सहित १ महिना सम्म कैद गर्ने गरी कारबाही अगाडी बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।

यो ऐन अनुसार कारबाही अगाडी बढाउन दसैँ अघि देखिनै निर्देशन दिइसकिएको भए पनि कार्यान्वयनमा कडाइका साथ ल्याइएको थिएन । अव भने कडाइका साथ यो निर्देशनलाई लागु गर्ने प्रजिअ पोखरेलले बताए ।

पछिल्लो समय कोरोना सङ्क्रमितहरू खुलेआम हिँडडुल गरिरहेको र लक्षण विनाका सङ्क्रमितहरू पनि सार्वजनिक स्थलहरूमा हिडीरहेको हुनाले गर्दा कोरोना संक्रमणदर अत्यन्तै बढेकोले यो ऐनमा उल्लेख भएको नियमलाई कडाइका साथ लागु गर्न आफूले जिल्लाका सबै मातहतका निकायलाई निर्देशन समेत दिइसकेको प्रजिअ पोखरेलले बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]