• कार्तिक २७, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ५ जना कोरोना स‌ंक्रमितको मृत्यु

alt

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन् । ४ जनाको अस्पताल र एकजनाको घरमै मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको छ । ४ कात्तिकमा भर्ना भएका उनीमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

सुनसरीको इटहरी–३ की ४० वर्षीय महिलाको पनि नोबेलमै बिहीबार बिहान करिब ८ बजे मृत्यु भएको छ । ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहीबार बिहान करिब ७ बजे मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उनलाई १७ कात्तिकमा उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]