• कार्तिक २८, २०७७
  • जुनकिरी खबर

ठुलो परिमाणमा लागुऔषध र पटका सुनसरी प्रहरीद्वारा नष्ट

alt

जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा बरामद गरिएको लागु औषध र पट्का तथा बिस्फोटजन्य पदार्थ नष्ट आज गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापा जिल्लामा आएपछि झन्डै ६ महिने कार्यकालमा बरामद गरिएको लागु औषध, कटान गरिएको गाँजा, हातहतियार र घरेलु मदिरा समेत पत्रकार सम्मेलन गरी नष्ट गरिएको छ ।

प्रहरीले सीमा क्षेत्रमा बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न थालेको अभियान अन्तर्गत लागु औषध, गाँजा फडानी, हातहतियार नियन्त्रण, राजस्व छली, आतिसबाजीका समानहरू, राजस्व, घरेलु मदिरा सहितमा निगरानी बढाएकाले बरामद गरिएको समानहरू एकीकृत रूपमा नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

थापाले जिल्लामा जिम्मेवारी सम्हाले पछि वैशाख २४ गते यता १५ प्रकारका लागु औषधको दुई हजार ६ सय ५३ एम्पुल, ३ सय ८३ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, १२ हजार ९ सय ८३ क्याप्सुल, १२ हजार ६७ टयाबलेट, १ हजार ८ सय ९ बोतल डायलेक्स डिसी र २ बोतल फेन्सीडिल बरामद गरेको जानकारी दिए ।

प्रहरीले बरामद गरेको लागु औषधमा ६० थान मुद्दा चलाएकोमा ९३ जनालाई नियन्त्रणमा लिई लागु औषध ओसार पसार ऐन अन्तर्गत कारबाही गरेको थापाले बताए ।

प्रहरीले लागु औषध नियन्त्रणसँगै गाँजा फडानी समेत गरेको जनाएको छ । प्रहरीले कार्तिक २१ गतेबाट थालेको गाँजा नष्ट अभियान अन्तर्गत १५ हजार ५ सय २९ बोट काटेर नष्ट गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]