• मंसिर १, २०७७
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु

alt

पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपपचाररत कोरोना संक्रमितमध्ये ४ जनाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृतकहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक महिला, धनकुटाको सांगुरीगढी भेडेटारका एक वृद्ध पुरुष, झापाका एक वृद्ध पुरुष र झापाकै एक महिला रहेका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका संक्रमितमध्ये बराहक्षेत्र नगरपालिका–३ की ४४ वर्षीया महिला मृगौला रोगी थिइन् । उनलाई कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी धनकुटाको साँगुरीगढी–८, भेडेटारका ७२ वर्षीय वृद्धको कोभिड अस्पतालमा मृत्यु पछि कोरोना पोजिटिभ पुष्टि भएको थिया । सहप्रवक्ता डा श्रेष्ठका अनुसार उनलाई कात्तिक २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दीर्घ रोग नभएकी झापाकी २५ वर्षीया संक्रमित महिलालाई कात्तिक २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । कोरोना पोजिटिभ भएको उनको पीसीआर रिपोर्ट भने २७ गते आएको थियो ।

यस्तै, कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका झापाका ८० वर्षीय वृद्धलाई कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । सहप्रवक्ता डा श्रेष्ठका अनुसार मृतकहरुको मृतकको शव नियमअनुसार व्यवस्थापन कार्य भइरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]