श्रद्धा र निष्ठापूर्वक मनाइने छठ शुरु भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ । छठ पर्वको तयारी सिरहा सहित तराईका जिल्लाहरुमा जोरतोरले चलिरहेका छन् ।
मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका छन् । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने व्रतालु शिवो देवी यादबले बताईन ।
शुक्रवार संध्याकालिन र शनिवार प्रभातकालिन सुर्यको अर्घदिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व बिधिबत रुपमा सम्पन्न हुनेछ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved