• मंसिर ११, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

alt

प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान , कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोड र दमकमा १५–१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४–४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जूमा २, दुहबी र हरिनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता इलामको सूर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, सङ्खुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ ।

प्रदेश १ मा आज २०२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना डिस्चार्ज भएका हुन । हालसम्म २१ हजार ४९१ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ८२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८७ हजार ८१८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]