• मंसिर १३, २०७७
  • जुनकिरी खबर

सिद्धबाबा गिरिको मुद्धामा सर्वाेच्चले उच्च अदालतकै आदेश सदर

alt

उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत पुगेका कृष्ण बहादुर गिरिको मुद्धामा सर्वाेच्चले उच्च अदालतकै आदेश सदर गरेको छ ।

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको मुद्धामा गिरिलाई उच्च अदालत बिराटनगरले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश बदरको माग गर्दै सर्वाेच्च पुगेका गिरिको मुद्धामा सर्वाच्चले उच्च अदालतको आदेश सदर गरेको हो ।

आज शुक्रबार सर्वाेच्चका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको फसला सदर गर्दै गिरिलाई थुनामै राख्न आदेश दिएको हो ।

सर्वाेच्चको यो फैसला सगै सिद्धबाबा भनिने बलात्कारी बाबा अनिश्चितकालका लागि जेलमै रहने भएका हुन् । सिद्धबाबा भनिने कृषण दासलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटिमा छाडेन आदेश दिएको थियो । पछि उच्च अदालत बिराटनगरले जिल्ला अदालतको आदेशलाई बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए ।

“यो आदेशले पिडित महिलामा थोरै भएपनि खुसी ल्याएको छ ,हामीलाई विश्वास छ अबको फैसलापनि न्यायिक हुन्छ । ” महिला अधिकारकर्मी सुशीला उप्रेतीले भनिन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]