• साउन ३, २०७६
  • जुनकिरी खबर

देशैभरका यातायात समिति कम्पनीमा रुपान्तरित

alt

देशैभरका यातायात समिति कम्पनीमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध यातायात समिति कम्पनीमा आएका हुन् ।

महासंघले शुक्रबार रुपान्तरित यातायात सेवा सुरु गरेको जानकारी गराएको हो ।

रुपान्तरित यातायात सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हिजोको अस्तव्यस्त यातायात क्षेत्रलाई व्यवस्थित बनाउने गरी कम्पनी ‘मोडल’मा लगेको बताए ।

उनले यातायातलाई लगानी सुरक्षित क्षेत्रसमेत बनाउन सरकार लागेको बताए । मन्त्री महासेठले यातायात प्राधिकरण गठनसम्बन्धी कानुन बनाउन मस्यौदा एक साताभित्र संसदमा ‘टेबुल’ गर्ने पनि बताए ।

उनले यातायात क्षेत्रमा सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरेको भन्दै साझा यातायातमा सरकारले गरेको लगानीलाई सर्वसाधारणको सेवाका लागिमात्रै भएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले यातायात व्यवसायीहरु स्वः नियमनमा बस्नुको विकल्प नभएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]