• मंसिर १५, २०७७
  • जुनकिरी खबर

इटहरीमा १८ करोडको लगानिमा बन्दैछ अस्पताल

alt

इटहरी उपमहानगरपालिका मा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । इटहरीको बिकासको ठुलो योजना अन्तर्गत इटहरी वडा न ९ मा १५ शैयाको अस्पताल निर्माण गरिने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार अक्त अस्पतालको शिलान्यास गरेका छन् ।

जम्मा लगानि १८ करोड ६८ लाख २ हजार मा निर्माण सम्पन्न गरिने अस्पताल सुबिधा सम्पन्न रहने कुरा इटहरी उपमहानगरपालिका प्रमुख द्धारीकलाल चौधरीले जानकारी दिएका छन् । पछिल्लो समय इटहरीमा ठुलो अस्पताल नभएको अवस्थामा यो अस्पताले इटहरीको बिकास तथा बिस्तारमा थप सघाउ पुर्याउने कुरामा आफु बिश्बस्त भएको इटहरीका मेयर चौधरीले जानकारी दिएका छन् ।

त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी बिकासको हिसाबले अगाडि बढिरहेको अबस्थामा यो अस्पताल निर्माणले थप सघाउ पुर्याउने कुरा बताएका छन् । यो अस्पताल निर्माणका लागी लामो समय नलगाउने र चाडो भन्दा चाडो बिरामिले सुबिधा पाउने कुरा आम इटहरी बासिलाई जानकारी दिएका छन् ।

दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएका ३९६ वटा आधारभूत अस्पतालहरुमध्ये प्रदेश नं १ मा ८६ वटा बन्दैछ ।

देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलाल्यास गर्न गरेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]