• मंसिर १८, २०७७
  • जुनकिरी खबर

काँकडभिट्टा–इनरुवा खण्डको रेलमार्गका लागि मुुआब्जा प्रक्रिया सुरु

alt

 इटहरीमा रेल विभागको कार्यालय स्थापना गरेर मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमिटर लामो रेलमार्गका लागि मुुआब्जा प्रक्रिया सुरु गरिएको छ । रेलमार्ग निर्माणको लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहण भइसकेको छ । अधिग्रहण गरिएको जग्गा धनीलाई मुुआब्जा वितरणको प्रक्रिया सुरु गर्नको लागि काम शुरु गरिएको हो ।

इटहरीमा रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाको कार्यालय स्थापना गरेर सुनसरी, मोरङ र झापाका ५८ वटा वडाहरुलाई चिठि काट्ने काम भएको बताइएको छ । मुुआब्जा वितरणको लागि अहिले जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकक्तोमा मुुआब्जा मुल्याकंन तथा निर्धारण समिति बनाइएको छ । जसको सदस्यमा रेलमार्गमा पर्ने स्थानिय तहका जनप्रतिनिधि र मालपोत कार्यालय प्रमुख रहनेछन् ।

अहिले ५८ वटा वडा कार्यालयलाई रेल बिभागले पत्र काटेर रेलमार्गमा पर्ने जग्गाको चलन चल्तीको मुल्याकंनको राय मागेको छ । जंग्गाको मुल्याकंनको लागि बिभागले बैंक, मालपोत कार्यालय र कर प्रयोजनको लागि स्थानिय तहले गरेको मुल्याकन समेत समाबेश गर्ने जनाइएको छ ।

अहिले बैंक तथा मालपोत कार्यालयले दिइने मुल्याकनको डाटा संकलन भइरहेको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना, साइट इटहरीका प्रबिधिक छबि गौतमले जानकारी दिए । सबैको मुल्याकन डाटा जम्मा भएपछि मसिंर अन्तिम सम्म मुल्य निर्धारणको सूचि सार्वजनिक गर्ने तयारीमा रहेको गौतमले जनाए ।

मुुआब्जा प्रक्रिया सकिन साथ रेलमार्ग निर्माणको ठेक्का लगाउने कामले गति लिने बताइएको छ । यता बिभागले पठाएको मुुआब्जा मुल्याकंन तथा निर्धारण सम्बन्धि पत्रको जवाफमा वडा कार्यालयहरुले जग्गाको मुल्याकंन गर्ने काम तिब्र बनाएको छ । कतिपय वडाहरुले बिभागलाई जवाफ पठाइसकेका छन् भने कतिपय ठाँउको जग्गामा मुुआब्जा विवाद देखिएका कारण पठाउने तयारीमा रहेको बताइएको छ ।

इटहरी उपमहानपालिकामा भने ७, ८, १०, १२, १३, १४, १५ र १६ वडामा रेलमार्ग बिस्तार हुने छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]