• मंसिर २१, २०७७
  • जुनकिरी खबर

के भ्याक्सिन आएपछि मानव जीवन पहिलेको जस्तै बन्ला ?

alt

कोरोना भाइरस (कोभिड १९) महामारीले आक्रान्त बनेको विश्व मानव जीवन यतिखेर भ्याक्सिनको व्यग्र प्रतीक्षामा छ । उनीहरूको अपेक्षा छ कि भ्याक्सिन आएपछि अवस्था सामान्य बन्नेछ । मानव जीवन फेरि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनेछ । के भ्याक्सिन आएपछि हामी सबैले अपेक्षा गरेको जस्तै मानव जीवन कोरोना भाइरस सुरु हुनुपहिलेको जस्तै सामान्य बन्ला त ? धेरै वैज्ञानिकहरूले भने अवस्था पहिलेको जस्तै सामान्य बन्न समय लाग्ने जनाएका छन् ।

उनीहरूले भ्याक्सिन आएपछि पनि हामीलाई ‘मास्क’विना हिँडडुल गर्न अझै लामै समय कुर्नुपर्नेछ । उनीहरूको चेतावनी छ कि मानव समुदायले यस्ता संक्रामक रोगविरुद्ध फेरि हेलचेक्र््याइँ गर्नुहुँदैन ।

भ्याक्सिन सबैलाई उपलब्ध हुन सक्दैन
भ्याक्सिनलाई आधुनिक विश्वमा चिकित्सकीय क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलोमध्येको उपलब्धि मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार भ्याक्सिनले प्रत्येक वर्ष अन्दाजी २० देखि ३० लाख मृत्युलाई रोक्ने गरेको छ । त्यस क्रममा भ्याक्सिनले २० भन्दा बढी जीवन नै लिने घातक रोगलाई फैलनबाट रोकेको छ । एक पुस्ताअघिसम्म सामान्य बनेको बालबालिकालाई लाग्ने रोग अहिले लोप नै भइसकेका छन् ।

लाखौँ हजार मान्छेको ज्यान लिएको ती रोगलाई भ्याक्सिनले नै पूर्णतया निर्मूल पारेको हो । तर, त्यो सफलता प्राप्त गर्न वर्षाैंको मिहिनेत लागेको थियो । यो परिप्रेक्ष्यमा हामी निकै छोटो समयमा कोरोना भाइरसजस्तो विश्वभर फैलिएको महामारीविरुद्ध त्यस्तै प्रभावकारी भ्याक्सिनको अपेक्षा गरिरहेका छौँ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]