• साउन ३, २०७६
  • जुनकिरी खबर

‘आरक्षण कोटा नसञ्चाए आन्दोलनको आधीबेरी आउछ’

alt

लोकसेवा आयोगको ४५ प्रतिशत आरक्षण कोटा फिर्ता दिनुपर्ने माग गर्दै आदिवासी जनजाति प्रदेश १ समन्वय समितिले प्रदेश बन्दको आवहान गरेको छ । आयोगले निकालेको विज्ञापनको खारेज गर्न माग गर्दै ‘आरक्षण बचाऔ’ आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ सडक सम्म आइपुगेको छ ।

आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएकाहरूलाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सरकारले नियोजित हिसाबले हटाएको महासंघको आरोप छ । यसैको बिरोधमा शुक्रबार प्रदेश १ का बिभिन्न शहरहरुमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन समेत गरियो ।

प्रदेश १ समन्वय समितिले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी एक दिने प्रदेश बन्दको आवहान गरेको थियो ।

आखिर आयोगको विज्ञापनमा जनजाति महासंघ यति धेरै आन्दोलित हुनुपर्ने कारण जनजाति महासंघ सुनसरीका अध्यक्ष राम राईसँग पत्रकार मनोज भुजेलले गरेको छोटो कुराकानीले प्रष्ट पार्ने छ ।

आयोगको विज्ञापन प्रति आन्दोलित हुनुपर्ने कारण ?

मुल कुरा संघीयताको मूल मर्म र समानुपातिक समाबेसी सिद्धान्त विपरीत प्रकाशित गरिएको विज्ञापन असमाबेसी छ । हामीले अहिले प्राप्त गरिरहेको ४५ प्रतिशत कोटा अवाञ्चित हिसाबले घटाइएको छ । जस्तो आरक्षित सिट बाँडफाँटमा कर्मचारी मागसंख्या ९१६१ जसको ४५ प्रतिशत (४१२२ सिट) प्रचलित ऐन अनुसार समावेशिताका लागि छुट्याउनुपर्ने हुन्छ । तर आयोगले अहिले ४१२२ सिट संख्यामा पनि घटाएर २२६२ पुराएको अवस्था हो ।

जसले गर्दा आदिनकालदेखि आदिवासी जनजातिले पाउनुपर्ने भन्दा ५४ प्रतिशत, मधेसीले ९२ प्रतिशत, दलितले ९२ प्रतिशत, अपांगता भएका समुदाय र पिछडिएको क्षेत्रकाले लगभग सबै सिट गुमाएको हाम्रो तर्क छ ।

यस्तो अवस्थामा सीमान्तीकृत समुदायका लाखौँ व्यक्ति, जो समावेशी प्रतियोगिताका लागि तयारी गर्दै थिए, उनिहरु निराश र उत्तेजित भएका छन् ।

हाम्रो माग भनेको ‘जतिको जनसंख्या छ त्यतिनै’ आरक्षण कोटा हुनुपर्छ भनेको हो । हामीले ८ कक्षाको सर्टीपिकेट बोकेर अधिकृतको लोकसेवामा भिड भनेको हैन । यहाँ त पढ्दैनन् अनि ठुलो कुरा गर्छन भन्ने पनि छन् । हाम्रो मान्छेले लोकसेवाको परिक्षा दिदा ९५ ल्याएको पनि अवस्था छ । अनि खस आर्यले ५०—५५ ल्याउदा उनिहरु पास हाम्रो मान्छे फेल ! उत्कृष्टता जाँच गर्ने कडी के हो ?

‘यो विज्ञापन व्यवहारिक रुपमा पनि गलत अनि नितिगत रुपमा विभेद गरिएको छ । यसमा उमेश मैनाल र लालबाबु पण्डितको ‘हट’ का कारण यो अवस्था बन्यो’ ।

अनि सडक आन्दोलनले माग सम्बोधन होला र ?

‘आरक्षण बचाऔ’ अभियान हामीले असार १६ गतेदेखि चलाएका हौ । यो विज्ञापन सञ्च्याउ भनेर सर्वाेच्च अदालतमा रिट समेत हालेका थियौ । १६ गते हाम्रो रिटको बिरुद्ध फैसला भयो । त्यो दिनदेखि हाम्रो आन्दोलन शुरु भएको हो । त्यस अलावा हामीले बिभिन्न छलफल, गोष्ठी, ध्यानाकर्षण र ज्ञापन पत्र बुझायौ । बिचमा काठमाडौ केन्द्रित आन्दोलन पनि भए । तर हाम्रो माग प्रति सरकारले ध्यान दिएन । फैसला आएपछि फेरी पुनरावलोकनको लागी रिट दायर गरिएको छ । यसको फैसला आउन बाँकी छ ।

सरकार र आयोगले हाम्रो आन्दोलन र मागलाई कमजोर ठानेको छ भने म चेतावनी दिन चाहन्छु ‘अब सरकारले सोच्नै नसक्ने आन्दोलनको सामना गर्नुपर्छ’ ।

बन्द कस्तो हुनेछ ?

हामीले सबै कुराको मध्यनजर गरेर शनिवार प्रदेश बन्द गरेका हौ । शनिबार नै प्रदेश १ का बिभिन्न जिल्लाहरुमा लोकसेवाको परिक्षा तोकिएको छ । त्यसलाई पनि प्रभाबित बनाउन यो बन्द गरिएको बुझुम ।
सडकमा एम्बुलेन्स, दुधका गाडी, प्रेश, तरकारीका गाडी जस्ता अत्यावशेक सबारी बाहेक अरु सवारी चल्दैनन् । हामी शान्तिपूर्ण आन्दोलन गछौ । बन्दको बिषयमा सम्बन्धित सबै जिल्लाका यातायात तथा व्यापार व्यवसायीहरुलाई जानकारी समेत गराएका छौ ।

अन्त्यमा

आरक्षणको बिषयमा संविधान र कानुनको सीधा पालना नै अबको उत्तम बाटो हो । तसर्थ, विज्ञापन सुधार गर्नुको विकल्प छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]