• मंसिर २१, २०७७
  • जुनकिरी खबर

अनौठो रोगबाट इटहरीमा एकै परिवारका तीन सदस्य थलिए

alt

तीनजना छोराछारीलाई बाथ भनिने अनौठो प्रकारको रोगले सताएपछि इटहरीको तरहरा बस्दै आएको एक परिवार आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।

सङ्खुवासभा चैनपुर–२ घर भई हाल इटहरी–१९ मा बस्दै आएका अमृता राईको परिवार आर्थिक सङ्कटमा परेको हो । उनका एक छोरा र दुई छोरी दीर्घकालीन बाथ रोगबाट ग्रसित बनेका छन् । जेठी छोरी प्यारी राईमा करिब १० वर्षअघि बाथ रोग देखिएको थियो । त्यो रोग अहिले छोरा र छोरीमा पनि देखिएको छ ।

रोगबाट ग्रसितका अनुसार शरीरभित्रका मुटु, कलेजो जस्ता अङ्गमा सियोले घोचेजस्तो गर्ने र पछि बाहिरी छालामा पनि घमौरा जस्तो फोका आउने हुन्थ्यो । पीडितमध्ये जेठी छोरीले आठ वर्षसम्म निरन्तर उपचारपछि विहे गरेकी थिइन् । एउटा बच्चा जन्मिएपछि प्यारी राईलाई पुनः रोगले ग्रसित बनाएपछि उनको निधन भएको छ । छोरीबाट जन्मिएकी नातिनी आफ्नो संरक्षणमा रहेको अमृता बताउँछिन् । उनका अनुसार छोरीको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भएको थियो ।

अहिले छोरा र कान्छी छोरीमा पनि उस्तै रोग देखिएपछि उनी चिन्तित बनेकी छन् । २० वर्षीय छोरा सकुल र १४ वर्षीया छोरी निरुता विगत पाँच वर्षदेखि रोगसँग लडिरहेका छन् । कक्षा ८ मा पढ्दै गरेको बेलामा सकुलमा रोग देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याएका थिए । शरीरको मुटु, मिर्गौला, पेटबाट बेला–बेलामा पानी निकाल्नु पर्ने भएकाले सङ्खुवासभाबाट धाउन गाह्रो हुनाले कोठा भाडामा लिएर उपचार गर्दै आएको अमृता बताउँछिन् ।

उनीहरूलाई सातामा एक पटक अस्पताल लानुपर्ने बाध्यता रहेको उनले बताइन् । एक पटकमा २० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको उनले बताइन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]