• मंसिर २४, २०७७
  • जुनकिरी खबर

सरकारबिरुद्ध बृहत आन्दोलनको तयारीमा सुनसरी कांग्रेस

alt

वर्तमान केपी ओली नेतृत्वको सरकार दमनबिरुद्ध मात्रै केन्द्रित भएको भन्दै सुनसरी कांग्रेसले आन्दोलनको तयारी सुरु गरेको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति राजीब कोइरालाले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै आँफूहरु आन्दोलनको तयारीमा उत्रिएको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले यहि मंसिर २९ गते सरकारबिरुद्ध बृहत आन्दोलन गर्नेगरी तयारी गरिरहेका छौँ, सडकदेखि सदनसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

केही दिन अगाडि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जबरजस्ती रुपमा पक्राउ गर्नु सरकारको दमन रहेको भन्दै आँफूहरुले आन्दोलनको तयारी थालेको उनले बताए ।

‘केन्द्रको निर्देशनअनुसार नै हामीले आन्दोलनको तयारी थालेका हौँ,’ प्रदेश १ का विपक्षी दलका नेता समेत रहेका कोइरालाले भने, ‘कोभिडको समयमा सरकार जनताप्रति गम्भीर बन्न नसकेको अवस्था छ, दमनको बिरुद्धमा मात्रै सरकार केन्द्रित भएकाले आन्दोलमा जुटेका हौँ ।‘

कोरोनाले मुलुक ग्रसित रहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई राहत दिने किसिमको कुनै पनि प्याकेज ल्याउन नसकेको र स्वास्थ्यमाथि गम्भीरता हुन नसकेको आरोप लगाउँदै उनले दमनको पक्षमा सरकार उभिएको आँफूहरु कठोर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]