• मंसिर २५, २०७७
  • जुनकिरी खबर

ठूलो परिमाणको लागूऔषधसहित इटहरीबाट ६ जना पक्राउ

alt

ठूलो परिमाणको अवैध लागूऔषधसहित इटहरी प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीले अकस्मात चेकजाँच गर्ने क्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६, ९ र १३ बाट निम्न अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत दरभंगा घर भई हाल जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. ६ मा डेरा गरी बस्ने बर्ष २७ को ओम प्रकाश यादव, जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ४ बस्ने उमेश कुमार मण्डल, सुनसरीको इटहरी ८ वीपी चोक बस्ने सनम बस्नेत, इटहरी १२ खनारका सागर काफ्ले र अमर सरदार, प्रकाश सरदारलाई ओमप्रकाश यादवसँग लागूऔषध किन्न आउने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट Tramadol Hydrochloride capsules I.P. 50 mg को १२९६० क्याप्सुल, PLANOKUF १००ml को ३० बोतल, NITRAVET-10 लेखिएको १६५० ट्याब्लेट, Spaspain २४० क्यप्सुल, बिभिन्न कम्पनीको मोबायल ६ थान र ८ हजार ३५ रुपैँया बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]