• मंसिर २९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा १०२ जना कोरोना संक्रमित थपिए

alt

प्रदेश १ मा आज १०२ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकामा ३३ महिला ६९ जना पुरुष सहित आज प्रदेश १ मा १०२ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ११, इटहरीमा १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने इनरुवा र बराहक्षेत्र नगरपालिका, भोक्राहा नर्सिङ र बर्जू गाउँपालिकामा १,१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा १३, सुनबर्षी, बेलबारी, रतुवामाई, बुढीगंगा र रंगेलीमा १,१ जना र सुन्दर हरैचामा ५ जना र केराबारीमा ६ जना र स्थानीय तह नखुलेका ३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ६, दमकमा ५, शिवसताक्षीमा २, कनकाईमा ३, भद्रपुरमा २, अर्जुनधारा, मेचीनगर र झापा गाउँपालिकामा १,१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

इलामको माई नगरपालिकामा ४, सूर्योदय २, देउमाई, इलाम र रोङमा १,१ जना, पाँचथरको फिदिम १, तेह्रथुमको म्याङ्लुङमा १, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ३, ताप्लेजुङको फुङ्लिङमा १, धनकुटा नगरपालिकामा १ जना र ३ जना स्थानीय तह नखुलेकाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]