• मंसिर ३०, २०७७
  • जुनकिरी खबर

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

alt

प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ ।

आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोगशालाको  मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए ।

उनले प्रयोगशालाका नाममा हुने गरेका बेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन हुने बताए । उनले भने ‘ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको पनि प्रयोगशालाका काम गर्ने छ ।’

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न सहरहरू जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनले बताए ।

मन्त्री घिमिरेले भने,‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’ शिलान्यासको ८ महिना पछि सेवा सुरु गरिने दाबी गरे । ६ महिना भित्रमा निर्माण सम्पन्न हुने उनले बताए ।

प्रदेश सभासद् जयराम यादवले कुनै पनि परीक्षणका लागि काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले निश्चित समयमा भवन निर्माण गरी सेवा सुरु गर्न सुझाव दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]